दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका-१०, राइखल्यान रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले भण्डारी कति बजे दुर्घटनामा परेका भन्नेबारे थाहा हुन नसकेको जानकारी दिए।
बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकको शव पोस्टमार्टम गर्न अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।