आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

ज्ञानेन्द्रको बन्दुकसँग डराइएन, महेश बस्नेतको धम्की ले केही हुनेवाला छैन : खगेन्द्र संग्रौला


  • सोमबार, साउन ११ २०७८
18.8K
SHARES

फाइल तस्विर

लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू कुनै हालतमा बिचलित नहुने बताएका छन् ।

ज्ञानेन्द्रको शासनकालमा समेत जनताको हितका लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए ।

सोमबार एक अनलाईन सँग कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही हुँदैन ।

हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको पनि उनले बताएका छन् । ‘उनीहरू विक्षिप्त अवस्थामा भएकाले जे पनि गर्न सक्छन्,’ संग्रौलाले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन् ।’

उनले थपे, ‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैको डरमा बस्ने कुरै आउँदैन !’

काठमाडौंको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा एमाले नेता महेश बस्नेतले अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ अभिव्यक्ति दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा