काठमाडौं – जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले अन्तत हावा मात्र खान निर्वाचन आयोग पुगेको पुष्टि गरेका छन् । जसपा आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेपनि उनले हावामात्र खान पाएको पुष्टि भएको हो ।
डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।
सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने ।
चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे । उनले महाभारतको प्रसंग कोट्याउँदै युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको बताए ।
जसपा विवादमा कुनै पक्षले जित्ला, तर उहाँलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन अनुरोध गर्दछु’ चौधरीले भने । उनी ततष्ठ बसेपनि महन्त ठाकुर कुटले जिल खाने पक्का भएको छ । उनको पक्षमा जम्मा १५ जना सदस्य मात्र छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।