शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सूर्य थापाले मनैदेखि गरे भीम रावलको तारिफ !


  • सोमबार, साउन ११ २०७८
11.7K
SHARES

फाइल तस्विर

काठमाडौं– कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा धेरै आलोचना उपाध्यक्ष भीम रावलले गर्थे। तर, पछिल्ला केही सातायता रावलको बोली फेरिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालनिकट रावल ओली गुटमा पुगेका छन्।

यसैबीच, नेकपा एमालेका उपाध्यक्ष रावलको आलो’चना गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लामो समयपछि उनको प्रशंसा गरेका छन्। रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलो’चना गरेपछि एमाले केन्द्रीय सदस्य थापा खुशी भएका हुन्।

‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रवि’रुद्ध उभिएको हुँ– भीम रावल, चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ,’ थापाले लेखेका छन्।

यसअघि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनवि’रुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ बताएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लामो जवाफ दिएका थिए।

शनिबार एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पााँचदलीय गठबन्धन फुटाउन प्रतिप’क्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको टिप्पणी गर्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको बताए।

‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ,’ डा. रावलले शनिबार राति वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ‘ढलेको’ होइन।’

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ।

गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो।

प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ।

हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?

मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा