सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

युथ फोर्स र अखिलको जुलुस नरोक्ने हो भने कोरोनाको तेस्रो लहर छिटै सुरु हुन्छ : योगेश भट्टराई


  • सोमबार, साउन ११ २०७८
14K
SHARES

फाईल तस्बिर

नेता योगेश भट्टराईले विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमणकाे तेस्रो लहर सुरु भएकोले सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले कोरोनाको डेल्टा प्रजातिको भाइरस अझै खतरनाक भन्ने कुरा आएको बताउँदै हवाई माध्यमबाट सङ्क्रमण फैलिने भएकोले पूर्व सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले कोरोनाको तेस्रो भेरियन्ट फैलाउन अव्यवस्थित सभा जुलुसले सहयोग गर्ने भन्दै त्यसलाई रोक्न आग्रह गरे । उनले अखिल फोर्सले जुलुस निकालेको, युथ फोर्सले १० हजारको जुलुस निकालेको, पिपुल्स भाेलिन्टियरले अर्को जुलुस निकालेको, सिंहदरबार छेउमै प्रधानमन्त्रीलाई साँचो बुझाउने जुलुस निकाल्ने काम गरेको बताउँदै यस्ता जुलुस सरकारले नरोक्ने हो भने कोरोनाको तेस्रो भेरियन्ट छिटो फैलिने उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा