सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

निर्वाचन आयोगमा उपेन्द्र पक्षको बहुमत, के गर्लान् ठाकुर र महतो ?


  • सोमबार, साउन ११ २०७८
7.2K
SHARES

फाईल तस्बिर

जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो ।

सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।

तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज ‘हेड काउन्ट’मार्फत गरिरहेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा