सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

महन्थ ठाकुरलाई लाग्यो दशा आधिकारिकता गुमाउने निश्चित, आयोगद्वारा ठाकुरको निवेदन अस्वीकृत


  • सोमबार, साउन ११ २०७८
8.7K
SHARES

फाइल तस्विर

महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ । यो सँगै महन्थ पक्षले आधिकारिकता गुमाउने निश्चित जस्तै देखिएको छ । 

सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिए ।

यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ भने ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन् । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा