जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रहेका टिकापुर घटनाका दोषी रेशम चौधरी निर्बाचन आयोग जाने भएका छन चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको हो ।
टिकापुर घटनाका जेलमा रहेका चौधरी महन्थ ठाकुर पक्षका हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।
उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ ।
चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि कार्यकारिणी सदस्य भएका कारण चौधरी निर्बाचन आयोगमा सनाखतका लागि जाना लागेका हुन ।
हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।