शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मलाई बाहिर जा भन्ने को हुन् माधव नेपाल, उनको र मेरो हैसियत एउटै हो : नारदमुनि


  • आइतबार, साउन १० २०७८
11.9K
SHARES

फाईल तस्बिर

संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा थर्काउँदै राजीनामा दिएर निस्किन आदेश दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका कैलाली ५ का सांसद रानासँग वरिष्ठ नेता नेपालको राजनीतिक विवाद भएको थियो । संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सांसद रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारवाही होस् भनि आफूले अडियो मगाएको उनको भनाइ छ ।

रानाले भने, ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौं ।’

राजनीतिक विवाद माधव नेपालले नै सुरु गरेको उल्लेख गर्दै रानाले थपे, ‘परमादेशबाट नियुक्त भएका प्रधानमन्त्रीलाई मैले जनादेशबाट भनिरहनुपर्ने हो ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा