शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन


  • आइतबार, साउन १० २०७८
11K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।

कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् ।

‘चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु’ देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । तर हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा