शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

५ वटा हस्पिटलका मालिकलाई स्वास्थ्य मन्त्रालयको जिम्मा, कतिमा विक्यो मन्त्री पद ?


  • KTM Khabar
  • आइतबार, साउन १० २०७८
170.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – ५ वटा अस्पतालका मालिक उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । शैक्षिक माफियाको ट्याग लागेका श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्ती पश्चात आजै उनले पद तथा गोपनियताका सपथ लिइसकेका छन् ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको बालाजुको जनमैत्री अस्पताल, बसुन्धारामा रहेको महेन्द्र नारायण निधी अस्पताल, एकान्तकुनामा रहेको हेलोइस अस्पतालका मालिक हुन् श्रेष्ठ । हेलोइस अस्पतालधनी बर्गका लागि खोलिएको अस्पताल हो । उनको नुवाकोटमा एउटा र चितवनको मुग्लीनमा एउटा अस्पताल रहेको छ ।

एउटै ‘हस्पिटल चेन’ मा सञ्चालन गर्नका लागि उनले नुवाकोटदेखि काठमाडौँ हुँदै चितवनसम्म अस्पताल संचालनमा ल्याएका हुन् । ‘हस्पिटल चेन’ हुँदा हेलोइसका कहलिएका र दक्ष चिकित्सकहरू जनमैत्री, महेन्द्र नारायण निधी अस्पतालमा पनि सेवा दिनेसक्ने गरी उनले चेन निर्माण गर्न लागेका हुन् ।

सत्तामा नहुँदा चेन निर्माण गर्न समस्या भएको बताउने उनी आफ्ना अस्पताललाई व्यवस्थीत बनाउनका लागि करोडौँ तिरेर मन्त्री बनेको नेपाली काँग्रेसका एक नेताले बताए । उनले स्थापना गर्न लागेको चेन अस्पतालका भगिनी सम्बन्ध स्थापित भएका अस्पतालहरूको सञ्जाल देशभर विस्तार गर्ने र देशभरी स्वास्थ्यमा हुने खर्च कुम्ल्याउने योजना अनुसार काम गरिरहेको उनको भनाई छ ।

खोलिएका सबै अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गरेर अर्बौ कुम्ल्याउन योजना सहित उनी अहिले ठूलो रकम खर्च गरेरै भएपनि राज्यमन्त्री भएका छन् । उसो त अहिले पनि जनमैत्री फाउण्डेसन अन्तर्गत नर्सिङ कार्यक्रम सञ्चालन छ । यहाँबाट बीएसस्सी मेडिकल ल्याब टेक्नोलोजी, बीएसस्सी फर्मा, बीएसस्सी नर्सिङ लगायतका कोर्स सञ्चालन छन् ।

५० करोडमा चेन निर्माण गर्ने योजना बनाएर रकम छुट्याएका उनले आधा रकम नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई बुझाएको नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने । ‘हामी ३० औँ बर्ष राजनीति गरेर खारिकाहरुलाई वास्ता छैन् ।’ उनले भने, ‘पैसा भएपछि पद त केही रहेनछ । इमानदार राजनीति गर्नेको त यो देशमा ठाउँनै छैन् ।’

पार्टी संचालन गर्न र आगामी निर्वाचनको खर्च जुटाउन भन्दै सभापतिको सचिवालयले पैसा मागि रहेको उनको भनाई छ । मन्त्री हुने जो कोहिले पनि अहिले पैसा बुझाउनै पर्ने उनको तर्क छ ।-माेटिभेट न्युजबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा