काठमाडौं – पछिल्लो समयमा नेकपा विप्लव समुहका महासचिव नेत्रविक्रम चन्दले राजनैतिक भेटवार्तालाई तिव्रता दिएका छन् । सरकार पक्ष होस् या विपक्ष सबै नेतासंग भेटघाट गर्न थालेका छन् ।
यस्तै विप्लवले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।
यादवसंग उनले समसामयिक, राजनीतिक लगायतका बिषयमा कुराकानी भएको बताईएको छ ।
यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।