शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री देउवाले राती २ बजेसम्म रक्सी खाएर गफ दिने गरेको खुलासा (भिडियोसहित)


  • आइतबार, साउन १० २०७८
21.6K
SHARES

फाइल तस्विर

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अदालतमा विदेशी शक्तिको हस्तक्षेप भएकै कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँने परमादेश जारी गरेको ठोकुवा गरेका छन् । संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ ।

ओटीभी नेपाल डटकम सँगको कुराकानीमा अध्यक्ष विजुक्छेले अदालतले आफ्नो गरिमा कायम राख्न नसकेको बताउँदै देउवालाई प्रधानमन्त्री तोक्ने गरि गरेको फैसला प्रति चरम असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपतिलाई आदेश दिने न्यायाधिश को हारु भन्दै चर्को रुपमा प्रस्तुत भएका विजुक्छेले यसो गर र त्यसो गर भनेर राष्ट्र प्रमुखलाई आदेश दिने अधिकार न्यायाधिशलाई नभएको जिकिर गरे । न्यायाधिशले राष्ट्रपतीलाई आदेश दिने भनेको हाम्रो सार्वभौमिकता माथिको हमला हो विजुक्छेले भनेका छन् ।

अदालतले गरेको सबै फैसलाई स्विकार गर्नु पर्ने कुनै बाध्यता नरहको उनले बताए । अदालतले संविधान भन्दा माथी रहेर जसरी फैसला गरेको छ त्यसलाई राष्ट्रपतीले कार्यान्वयन नगरी फिर्ता पठाउँनु पर्दथ्यो उनले भने । प्रधानन्यायाधिश चालेन्द्र शमशेर राणा राणा परिवारको मान्छे भएका कारण कतै राणाकै मान्छेलाई प्रधानमन्त्री बनाउँन त यसो गरिएको होइन भन्ने चर्चा चलको छ हामीलाई पनि शंका छ उनले भने ।

दलको ह्विप नलाग्ने जसले जसलाई मत दिए पनी हुने त्यस गरे वापत कुनै कारवाही गर्न नमिल्ने यस्तो पनि हुन्छ रु जसले जे गरे पनि हुने भए दलिय व्यवस्था किन हुन पर्यो ,यो त अती नै भयो आफ्नो स्वास्नी अथवा लोग्ने आफ्नै अगाडी अर्को सँग टाँसीन गयो भने के हुन्छ रु हो अहिले दल नहेरी जता भोट हाले पनि हुन्छ भनको त्यस्तै हो मिल्छ त्यस्तो रु उनले भने ।

संसदीय राजनितीमा सबैभन्दा बदनाम पात्र शेरबहादुर देउवालाई संविधानको धाराको गलत व्याख्या गरेर प्रधानमन्त्री बनाइएको भन्दै विजुक्छले आक्रोस व्यक्त गरे ।

विजुक्छेले फैसलाका क्रममा अदालतले प्रयोग गरेको भाषा प्रति पनि असन्तुष्टि जनाएका छन् । गणतन्त्र आउँदा पनि अदालतको भाषा परिवर्तन नभएको भन्दै उनले राष्ट्रपतीलाई यस्तो गर उस्तो गर भनेर आदेश दिने हो रु न्यायाधिशहरुलाई पनि जनताले न्याय गरि पाउँ भनेर लेख्दैनन् न्याय गरिदेउ भनेर लेख्छ अब भन्दै विजुक्छेले टिप्पणी गरे ।

राष्ट्रपतीले मलाई प्रधानमन्त्री नियुक्त गरेन भनेर अदालत जाने नजिरले भोली कस्तो प्रभाव पार्छरु भन्दै अध्यक्ष विजुक्छेले देउवा प्रधानमन्त्री बने पछि राष्ट्रपतीले बधाई नदिएको कुरा पनि एकदम ठिक भएको बताए ।

अदालतको फैसला बाट प्रधानमन्त्री बन्ने सपथ खाने बेलामा मुन्टो अर्को पट्टी बटार्ने अनी राष्ट्रपतीले किन बधाई दिने रु उनले भने । अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हो राजनिती होस की जुनसुकै ठाउँमा पनि तर अदालतले त अनुशासन हिन कामको लागी प्रयस दिएको छ , पार्टी ह्विल लगाउँन नपाउँने भनकै अराजकता निम्त्याउँनु हो । विजुक्छले भने ।

ओटीभी नेपाल सँगको कुराकानीकै क्रममा अध्यक्ष विजुक्छेले अमेरिकामा कर्मचारीहरुलाई राष्ट्रपतिको उमेदवारनै बन्न नपाउँने व्यवस्था गरेको कुरा स्मरण गरे । कर्मचारीको चाप्लुसी गरेको बानी फेरी प्रधानमन्त्री बनेपछि पनि आफु भन्दा सानो तहको मान्छेसँग पनि निहुरीहाल्ला बनेर त्यहाँ कर्मचारीालाई राष्ट्रपती बन्न दिँदैनन् , केटीलाई आँखा लगाउँला भनेर अविवाहितलाई पनि दिँदैनन्

हाम्रो मा पनि रक्सी खान्छ की खाँदैन भनेर रुल बनाउँनु पर्यो , यहाँ त रक्सी नखाई त नेतै बन्दैन । रक्सी नखाने यस्तो पनि नेता हुन्छ भनेर भन्छन् , जसले रातको २ बजे सम्म टन्न रक्सी पिएर गफ दिन सक्छ उही प्रधानमन्त्री छ विजुक्छेले भने ।

भिडियाे:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा