शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाउने पक्राउ


  • आइतबार, साउन १० २०७८
9.1K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको आपत्तिजनक भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाले झापाको मेचीनगर नगरपालिका- ६ बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरी साइबर ब्यूरो भोटाहिटी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालयलाई उक्त व्यक्ति पक्राउ गर्न अनुरोध गरेपछि इलाका प्रहरी कार्यालयले उनलाई ३ दिन अघि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

उनले भने,‘ हामीलाई साइबर ब्यूरोले घिमिरेलाई पक्राउ गरिदिन आग्रह गरेपछि हामीले ३ दिन अघि पक्राउ गरेर ब्यूरोमा पठाइसकेका छौ । हामीले पक्राउ गरेर पठाएका मात्रै हो । थप घटनाको विषयमा हामीलाई जानकारी भएन ।’

साइबर ब्यूरो भोटाहिटीका अनुसार घिमिरेले सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको आपत्तिजनक भिडियो बनाएर राखेका थिए । घिमिरेविरुद्ध मानहानीको उजुरी परेपछि पक्राउ परेको ब्यूरोले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा