सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

ओली सरकारले कू-कृत्य गरेको छ, संसदीय समितिमा निन्दा र भत्सर्ना गर्नु पर्छ : सांसद किराँतीको प्रस्ताव


  • आइतबार, साउन १० २०७८
14K
SHARES

फाईल तस्बिर

माओवादी केन्द्रका सांसद सुदन किराँतीले यसअघिको केपी ओली नेतृत्वको सरकारको निन्दा र भत्सर्ना गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार संसद सचिवालयमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिचेको, दुई–दुई पटक प्रतिनिधिसभा भंग गर्ने कू कृत्य गरेको भन्दै निन्दा गर्ने प्रस्ताव पास गर्नुपर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा आउने सरकारले त्यस किसिमका काम गर्न रोक्नका लागि भएपनि अघिल्लो सरकारले गरेका कामहरुको निन्दा र भत्सर्ना गर्ने प्रस्ताव समितिबाट पास गर्न समिति सभापति पवित्रा निरौला खरेललाई आग्रह गरे ।  उनले भने– ‘राष्ट्रपति र प्रधानमन्त्रीले दुईपटक भंग भएको संसद पुनःस्थापनाका लागि सहयोग गर्ने विभिन्न पक्ष र सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । अघिल्लो सरकारले संविधानको दायरा मिच्ने जुन काम गरेको छ यो समितिले त्यसको निन्दा र भत्सर्ना गर्नुपर्छ ।’

उनले सो समितिमा रहेका सांसदहरु जो ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्, तिनीहरुलाई फेरि अहिलेको समितिमा नराख्न समेत प्रस्ताव गरे । सांसद किराँतीको सो प्रस्तावलाई काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले समर्थन गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा