शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौँमा खोप लगाउन अनलाइन दर्ता अनिवार्य


  • आइतबार, साउन १० २०७८
16.3K
SHARES

फाईल तस्बिर

काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकाहरुले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उक्त प्रावधान गरिएको काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काको भनाइ छ।

उनले भने‚ ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ।’

सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए। खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको उनको भनाइ छ।

नेपालमा हालसम्म जोनसनको खोपबाहेक ४५ लाख ३ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा