बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा छैन : ज्ञवाली


  • आइतबार, साउन १० २०७८
15.4K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे ।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताए ।

जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उनको टिप्पणी छ । अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीले जिकिर गरे । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा नेता ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उनको तर्क छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा