नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?
अब्दुल्लाह गत चैत २२ गते नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक भएका थिए । नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउने अठोटका साथ मैदानमा ओर्लिएका अब्दुल्लाहले घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेको टोलीमा १३ खेलाडी परिवर्तन गरेका थिए । उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल खेलेको थियो ।
युवा खेलाडीलाई विशेष स्थान र महत्व दिएका अब्दुल्लाहले नेपाललाई एसिया कपसम्म पुर्याउने र साफ च्याम्पियन बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै आएका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोलको पराजय व्यहोरेको थियो । त्यस्तै कुवेतमा भएका विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत जुन ३ मा चाइनिज ताइपेइलाई २-० गोलको नतिजामा पराजित गरेको थियो । जुन ७ मा जोर्डनसँग ३-० ले पराजित भएको थियो । अस्ट्रेलियासँग जुन ११ मा दोस्रो हाफ १० जनामा सीमित भएको नेपालले ३-० को सम्मानजनक पराजय बेहोरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।