शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने


  • आइतबार, साउन १० २०७८
15K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार (१२ साउनमा) अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ ।

समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए ।

सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन । समिति प्रवक्ता पौडेलले समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ । ‘यी दुई जिल्लामा निकै समस्या देखियो । विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अब बारा र सप्तरीको हकमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट महाधिवेशन प्रक्रिया अगाडि बढ्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा