सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

स्रोत नखुलेको ४० लाखसहित एकजना पक्राउ


  • आइतबार, साउन १० २०७८
11K
SHARES

फाईल तस्बिर

झापा गाउँपालिकाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ रकमसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका वडा नं. २ बेलाईतिबारीबाट सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनले भारतबाट नेपालतर्फ लुकाई छिपाई पैसा ल्याएका हुन् ।

मण्डलको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ । घटनाबारे भद्रपुर भन्सार कार्यालयमार्फत आवश्यक अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा