शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्दैन : रावल


  • आइतबार, साउन १० २०७८
15K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको जनाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै रावलले एमाले ढाल्ने षडयन्त्रविरूद्ध उभिएको बताएका छन् ।

‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ,’ रावलले शनिबार राति जारी गरेको वक्तव्यमा भनेका छन् ।

गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थमा बनेको र साझा स्वार्थ मिल्दासम्म मात्र त्यसमा सहकार्य हुने उनले प्रष्ट पारेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा