सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

युथ फोर्सले माइतीघरमा गरेको फोहोर डा.गोविन्द केसी नेतृत्वको समूहले उठायो


  • शनिबार, साउन ९ २०७८
16.3K
SHARES

फाईल तस्बि

केपी ओली पक्षधर युथ फोर्सले माइतीघर मण्डलामा गरेको फोहोर डाक्टर गोविन्द केसी नेतृत्वको समूहले उठाएको छ । शनिबार दिउँसो युथ फोर्सले शक्ति प्रदर्शन जुलुसका क्रममा बाटोमा छोडेका पानीका बोतल, परागका खोल, क्याप, झण्डा तथा झण्डामा प्रयोग हुने लट्ठी लगायतका फोहोर सडकबाट उठाएका हुन् ।

थापाथलीमा रहेको कार्की ब्याङ्केटमा एमालेको राष्ट्रिय युवा संघ अन्तर्गतको युथ फोर्सलाई एमालेका महासचिव ईश्वर पोखरेल युथ फोर्सले आइलाग्ने माथि जाइलाग्ने मात्र हैन समाजमा रचनात्मक काम गर्ने बताइरहेका थिए । यस्तै युवा संघको इन्चार्ज समेत रहेका पूर्वमन्त्री महेश बस्नेतले पार्टीका विरुद्ध लाग्नेलाई ठीक पार्ने र युथ फोर्सले सामाजिक काम गर्ने बताइरहेका बेला डाक्टर गोविन्द केसीको समूह भने माइतीघर मण्डलाको सडक सफा गरिरहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा