बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस महाधिवेशन भदौमा हुनेमा अन्यौल त छैन ?


  • शनिबार, साउन ९ २०७८
13K
SHARES

फाईल तस्बिर

कार्यतालिका अनुसार काम नहुँदा नेपाली कांग्रेसको महाधिवेशन प्रभावित हुने निश्चित देखिन थालेको छ । कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो तर यो अबस्था अहिले छैन ।

गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको काम टुंगिएको छैन ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएकै कारण शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले १२ साउनमा तोकिएको वडा अधिवेशन स्थगित गरेको छ । स्थगित गरे संगै माहाधिबेसन पनि कतै अन्योल त हुने हैन भन्ने कुरा आमा कार्यकर्ताले उठाउन थालेको पाईन्छ ।

पटकपटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसका लागि भदौ तेस्रो सातासम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कानूनी बाध्यता छ । पार्टी विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । २०७६ फागुनमै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो तर विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै २०७७ फागुन ७-१० गतेसम्म महाधिवेशनको समय तोकिएको थियो तर कोरोना महामारीसँगै पार्टीको सांगठानिक समायोजनको काम पनि बाँकी रहेकाले कांग्रेसले कानूनी सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । भदौमा महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्ने जोखिम छ । त्यसैले पनि कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने दबाब छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा