प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने ३ साउनमा प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत दिंदा माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत दिए ।
२८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको ममर्थन जुटाएका देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिंदा सर्वोच्चले ७६(५) अनुसार सांसदले विवेकको मत दिंदा कारबाही गर्न नपाउने बताएको छ । एमालेले यसलाई जस्केलाबाट निर्दलीय व्यवस्था ल्याउन खोजेको बताएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।