सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

पार्टीभित्र दबाबपछि राजीनामा फिर्ता लिने तयारीमा भीम रावल


  • शुक्रबार, साउन ८ २०७८
8.5K
SHARES

फाईल तस्बिर

एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।

ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।

१० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा