सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू


  • शुक्रबार, साउन ८ २०७८
10.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरू भएको छ। शुक्रबार बिहान १० बजेपछि बैठक बसेको हो।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ।

पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन।

आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।

प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक राखिएको हो। देउवा प्रधानमन्त्री भएपछि दुई दिन पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा