खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिकको उद्घाटन आज हुँदैछ । महामारीको समय भएकाले ओलम्पिकको रौनक विगतमा जस्तो छैन । गत वर्ष स्थगित गरिएको ओलम्पिक खेल फेरि यसपटक सुरु गरिएको हो ।
अहिलेसम्म ओलम्पिक खेलसँग जोडिएका ८० भन्दा धेरै मानिसमा कोरोना देखिइसकेको छ ।
खेलाडी, पदाधिकारी, आयोजक समितिका सदस्य, कर्मचारी, स्वयंसेवक लगायतमा कोरोना देखिइसकेको छ । ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल घोषणा गरिएको छ र घरेलु दर्शकले ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् । अर्थात्, दर्शक बिना नै ओलम्पिक आयोजना हुँदैछ ।
नेपाली समयअनुसार साँझ ४ बजेर ४५ मिनेट जाँदा ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । ओलम्पिकमा ३३ खेलका फरक ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । यी इभेन्ट्समा झन्डै ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।