शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेको निष्कर्ष : ओलीको नेतृत्वमा संविधान पूर्ण कार्यान्वयनमा आयो


  • बिहिबार, साउन ७ २०७८
9.1K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौँ बैठक बिहीबार सम्पन्न भएको  छ ।  अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बैठक बसेको थियो ।

​बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठित सरकारले करिब ४१ महिना गर्दा संविधान पूर्ण कार्यान्वयनमा आएको ठहर गरेको छ । सङ्घीय संरचना संस्थागत र गतिशील भएको छ । पृथकतावाद र हिंसामा सङ्लग्न विभिन्न समूहहरुलाई राष्ट्रिय अखण्डता, संवैधानिक दायरा र शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा समाहित गरिएको छ । यसरी राजनीतिक द्वन्द्वको अन्त्य एवं दिगो शान्ति स्थापना गर्ने काममा ऐतिहासिक सफलता प्राप्त भएको बैठकको निष्कर्ष छ । त्यस्तै बैठकले ओली सरकारको नेतृत्वमा सरकारको नेपालको वाह्य सम्बन्ध सशक्त र प्रभावकारी भएको छ ।

बैठकले अदालतको परमादेशका कारण पार्टी सरकारबाट बाहिरिनु परेको वर्तमान स्थिति, पार्टीकै कतिपय नेता तथा सांसदहरु आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेर विपक्षीलाई सरकार बनाउन प्रयोग भएको अवस्था र यसले पार्टीको एकतामा पारेको प्रतिकूल प्रभावलाई अस्थायी परिघटनाका रुपमा विश्लेषण गरेको छ । ‘हाम्रो पार्टी जन्मकालदेखि नै यस्ता षड्यन्त्र, धक्का र अन्तरघातहरुको सामना गर्दै अगाडि बढेको पार्टी भएको र हरेक प्रतिकूलतालाई चिर्दै नयाँ–नयाँ सफलता र उचाइ हासिल गर्दै आएको ऐतिहासिक यथार्थलाई स्मरण गर्दै बैठकले सिङ्गो पार्टीपङ्क्तिलाई अविचलित रुपमा र उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा