शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

किसान श्रेष्ठ सँग सती जाने कुरो हुदैन, प्रभु साहको साइबर आर्मीमा मरो समर्थन : बस्नेत


  • बिहिबार, साउन ७ २०७८
10.4K
SHARES

फाईल तस्बिर

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले तथ्य र आधारविना आफूविरुद्ध केही अनलाइन मिडियाहरुले प्रकाशन गरेका समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिष्कार गरेको भन्ने आधारहीन समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाएका छन्।

महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली चलेको भन्ने खालका समाचार हरु प्रकाशित भएका थिए ।

बस्नेत उक्त समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा आफ्नो सम्बन्ध साहसँग राम्रो रहेको र मिलेर काम गर्ने स्पष्ट पारेका छन् ।

उनले समाजिक सन्जालमा लेखेका छन्, ‘कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन्। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।

यसैगरी एमाले नेता किसान श्रेष्ठले महेश बस्नेतकै योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हालेको चर्चाका विषयमा पनि उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिकालको श्रीमान-श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा