कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।
बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।