सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : सांसद राई


  • बिहिबार, साउन ७ २०७८
9.3K
SHARES

फाईल तस्बिर

राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेकी छन ।

‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको गरेकै छ, राष्ट्रियसभामा अहिलेसम्म आएको छैन । दलीय सहमतिको नाममा ६ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ ?’ उनले भनिन्, ‘त्यो चाँडो निकाल्न पर्दैन ? सम्माननीयज्यू, यो एकदमै ठूलो अपराध गरिरहेका छौं ।’

नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताइन् । ‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा