काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राजीनामा दिने घोषणा गरेका छन् । एक अनलाईन पत्रीका सँग कुराकानी गर्दै सिंहले आजै आफूले पदबाट राजीनामा दिन बताएका छन ।
काँग्रेस पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले भनेका छन ।
क्रियाशील सदस्यता, समायोजन लगायतका पार्टीका केही नेताहरूले चलखेल गरेको प्रति गम्भीर आपत्ति समेत जनाएका छन् ।
बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।