मंगलबार, साउन १२ २०७८
ताजा अपडेट

स्पष्टीकरणले एकतामा भाँजो हाल्यो : माधव समूह


  • KTM Khabar
  • बुधबार, साउन ६ २०७८
760
SHARES

फाईल तस्बिर

एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।

‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ ।
अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा