काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
मंगलबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।
सो क्रममा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘सरकार विस्तार हुँदैछ, त्यसमा तपाईंको पार्टीबाट पनि सहयोग हुनुपर्यो’, देउवाको भनाइ उदृत गर्दै ठाकुर पक्षका कार्यकारिणी सदस्य मुकेश झाले बताए ।
उनले थपे, ‘प्रधानमन्त्री देउवाले नै हाम्रा पार्टीका अध्यक्षलाई बोलाउनु भएको थियो । संसदमा लिएको विश्वासको मतमा समर्थन गरेको कारण धन्यवाद दिनका लागि ठाकुरलाई आफ्नो निवासमा बोलाउनु भएको हो ।’
जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाए मात्र सरकारमा आउने भनेको झाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।