प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरि मनाइएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा उनले कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए ।
उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । स्मृति दिवसको अवसरमा सुन्दरीजल स्थित बिपी संग्रहालयमा विशेष कार्यक्रम गरी बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि लडेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वीपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।