कोभिड-१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।
सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।