नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए ।
यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।
बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।