काठमाडौँ – बूढानीलकण्ठ नगरपालिकामा कोभिड–१९, डेंगु तथा रक्तचाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ को आयोजनामा दुई दिने उक्त कार्यक्रम असार २५ गते सम्पन्न भएको हो ।

बूढानीलकण्ठ नगरमा रहेको स्वयमसेविकाहरुको उल्लेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा महामारी जन्य रोगहरूबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर स्वास्थ्य स्वयंसेविका मार्फत आम नागरिकसम्म पुर्याउन अभिमुख गरिएको जनाइएको छ ।

कोभिड कहर पनि लामखुट्टेबाट हुने डेंगो रोगको सुरु हुने समय भएको छ । सो कुराबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा अभिमुख गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य स्वयंसेविका कमला ढकाल अधिकारीले केटिएम खबरलाई बताउनु भयो ।
यस्तै उक्त कार्यक्रममा कार्यक्रममा सहभागी स्वयंसेविकालाई स्वास्थ्य सामाग्री पनि वितरण गरिएको थियो ।





खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।