शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गलत कुरामा सम्झौता नगर्ने बीपीको शैलीलाई आत्मसाथ गर्नुपर्छ : प्रकाशमान


  • बुधबार, साउन ६ २०७८
7.8K
SHARES

फाईल तस्बिर

बीपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइँदै छ । उनले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई सर्वाेपरी ठान्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने बीपीको शैलीलाई आत्मसाथ गरेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

बीपीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंहले भनेका छन्, ‘बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ । त्यसो गर्दा मात्र बीपीप्रति सच्चा सम्मान हुनेछ ।’

‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय छ । आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुन जान्छ । स्मृती दिवसका अवसरमा बिपीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु’ प्रकाशमानले भनेका छन् ।

उनले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इदका अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना पनि व्यक्त गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा