नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा अनौठो विरोध प्रदर्शन गर्यो । युवा संघका कार्यकर्ताहरु बाँदरको हुलियामा थिए ।
शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीका २२ सांसदलाई ‘बाँदर’ को रुपमा चित्रित गर्न उनीहरुले यो प्रयोग गरेका थिए । तर, सामाजिक सञ्जालमा युवासंघको निकै मजाक भएको छ । धरैले उनीहरुलाई ‘वास्तविक स्वरुप देखाएको’ भन्दै ट्रोल गरेका छन् ।
हिजो पनि युवा संघका कार्यकर्तले अतिरञ्जित तरिकाले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक शवयात्रा नै निकालेका थिए । त्यस क्रममा प्रहरीले हस्ताक्षेप गरेको थियो । उक्त प्रदर्शनलाई लिएर पनि युवा संघले आलोचना खेप्नुपरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।