मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

ओली बिनाको एमाले बनाउन सकिन्छ : नेपाल समूह


  • मंगलबार, साउन ५ २०७८
11.9K
SHARES

फाइल तस्विर

नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।

१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मतदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’

सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जाने भन्दा पनि पुरा अवधि संसद क्रियाशिल कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’

नेपाल पक्षले आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरु सहितको बैठक भोलि ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठक निर्णायक हुने बताइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा