बुधबार, साउन १३ २०७८
ताजा अपडेट

मोटरसाइकल र स्कुटरको कर रकम बढ्यो, कति तिर्नु पर्छ अब ?


  • KTM Khabar
  • मंगलबार, साउन ५ २०७८
4.7K
SHARES

साङ्केतिक तस्बिर

बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले साउन १ गते देखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर रकम बढाएको छ ।

मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले कर बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३,००० रुपैयाँ पुर्याइएको छ ।

यसअघि यस सेग्मेन्टका सवारी साधनको ट्याक्स अधिकतम २,८०० रुपैयाँ रहेको थियो । यस्तै, १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६,५०० रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११,००० रुपैयाँ पु¥र्याइएको छ ।

भने ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २०,००० र ३०,००० नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० बाट देखि एकहजार वाटसम्मका सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २,५०० रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३,००० रुपैयाँ ट्याक्स कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसको अलवा सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सवारी साधन नामसारी गर्दा गरिने ।

सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ । अबिलम्ब शुल्क (फाइन) बापत भने पहिलो ३ महिनाको लागि एक हजार रुपैया लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले सनाखतको अवधि १ वर्षको लागि मात्र मान्य हुने बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा