शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


  • मंगलबार, साउन ५ २०७८
13.8K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ । त्यस्तै वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न समेत जसपाले माग गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा