‘मेमोरि किङ’ काे परिचय बनाएका अर्पण शर्माले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दावी गर्ने भएका छन् ।
झापा भद्रपुर–८ का शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।
आज बिर्तामोडस्थित सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले असार २६ गते भद्रपुरस्थित विरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए । सो प्रस्तुतिका आधारमा उनले गिनिज बुकमा दावी गर्ने बताएका छन् ।
विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाई सकिएको छ । सोहि कीर्तिमानलाई शर्माले ताड्दै १ मिनेटमा ८३ वस्तुको स्मरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।