शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत, एमालेमा १० बुँदे कार्यान्वयन शुरू भएकै हो त ?


  • सोमबार, साउन ४ २०७८
12.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन । तर नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको हो ।

नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

यसअघि फागुन २८ देखि यसबीचाम एमालेका चारवटा बैठक सकिएर आजको बैठकलाई चौधौं भनिएको थियो । नेपाल पक्षले भने दशौं हुनुपर्ने भनेको थियो ।

दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमाले स्रोतले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा