बुधबार, साउन १३ २०७८
ताजा अपडेट

कुमारी बैंकबाट सिइओ सुरेन्द्र भण्डारीको अवकाश, कामु सिईओमा अनुजमणि


  • KTM Khabar
  • सोमबार, साउन ४ २०७८
1.7K
SHARES

काठमाडौँ – कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । उनको अवकाशसँगै बैंकका वरिष्ठ डेपुटी सिइओ अनुजमणि तिमल्सिनाले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

सिइओ भण्डारीले आफ्नो ४ वर्षे कार्यकाल असार ३१ गते पुरा गरेसंगै जिम्मेवारीबाट अवकाश लिएका हुन् । अवकाशपछि कुमारी बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ गतेदेखि लागू हुने गरी कामु सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

३५ वर्षे लामो बैंकिंङ्ग करिअरमा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रूपमा २१ वर्षको अनुभव हासिल गरेका भण्डारीको कार्यकाल सुखद रहेको बैंकले जनाएको छ । उनको कार्यकालमा बैंकले आफ्नो स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बैंकले जनाएको छ । बैंकले उनकै कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा फराकिलो बनायो ।
बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाजप्रति पनि महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने भएकोले बैंकको जिम्मेवारीबाट बिदा लिएको जनाए । उनले नयाँ पिँडीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नेमा विश्वस्त रहँदै सफलताका लागि शुभकामना दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा