नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।
बैठकमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका हुन् । प्रारम्भमा देउवाले हात मिलाउन खोजेपनि स्वास्थ्य मापदण्डका कारण हात फिर्ता गरेका थिए । लगत्तै ओली आफैले हात अगाडि बढाएपछि देउवाले पनि हात मिलाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।