शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप : देउवा


  • आइतबार, साउन ३ २०७८
12.9K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए । उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए ।

‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने ।

आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्ने भन्दै भारत, चीन वा जुनसुकै देशसंग सम्बन्ध सुदृढ राखेर राष्ट्रिय हित प्रबर्धन गर्ने बताए । ‘हाम्रो राष्ट्रिय हित भनेकै छिमेकी देशहरुसंगको सुदृढ सम्बन्धमा छ । हाम्रो देश गरिब छ, सबैको सहयोग लिनुपर्छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले राष्ट्रको जीवनमा खास-खास समयमा राष्ट्रिय सरकार आवश्यक पर्ने भन्दै सहमतिको सरकार बनाउन आफू तयार रहेको बताए । ‘मिल्छ भने सरकारमा आउनुस्, सहमतिको सरकार बनाऔं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा