सर्वोच्च अदालतको आदेशपछि पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थिति भएका छन्।
सर्वोच्च अदालतबाट असार २८ गते प्रतिनिधि सभा पुन:स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका छन् ।
यसअघिको पुन:स्थापित प्रतिनिधि सभामा पनि ओली बस्ने गरेका थिएनन्। बैठक बस्नुअघि र पछि संसद् भवनमा आए पनि उनी बैठकमा बस्ने गरेका थिएनन्।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।