एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताएका छन् । सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने उनको भनाइ छ ।
संसद वैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ । पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने हो । यसमा राजीनामा दिइहरनु आवश्यक थिएन ।’
सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमले बताए । उनले भने, ‘यदि कारवाही भयो भने भोलि फेरि सर्वोच्चले पार्टीमा राख भन्छ । यसमा डराउनुपर्दैन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।